अमेरिकामा अध्ययनरत दिपीका श्रेष्ठले पाइन् अवार्ड

अमेरिकामा अध्ययनरत दिपीका श्रेष्ठले पाइन् अवार्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकामा अध्ययनरत दिपीका श्रेष्ठले २०१९ को ‘एलसियु फन्ड प्रेसिडेन्ट्स अवार्ड फर एक्सिलेन्स इन लिडरशीप’ प्राप्त गरेकी हुन् ।

न्युयोर्कमा अध्ययनरत सन् बुधवार ‘द एलसियु फन्ड फर वुमन एजुकेशन’ले श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरेको हो । उनले आफ्नो पडकास्टमार्फत अमेरिकामा बस्दै आएका आप्रवासीहरुका लागि सहयोग हुने काम गर्दै आएकी थिइन् ।

उनले विगत एक वर्षदेखि आफ्ना श्रीमानसँग मिलेर न्युयोर्कबाट ‘एट द इन्ड अफ द डे’ नामक साप्ताहिक पडकास्ट सञ्चालन गरिरहेकी छिन् ।