कोरोनाका कारण दीपीका ‘पेरिस फेसन विक’मा नजाने

कोरोनाका कारण दीपीका ‘पेरिस फेसन विक’मा नजाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणले ‘पेरिस फेसन विक’ मा नजाने भएकी छन् ।

लक्जरी फेसन ब्रान्ड ‘लुइस भिट्टोन’को निमन्त्रणामा पेरिस जाने तयारीमा रहेकी दीपिका विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण पेरिस फेसन विकमा नजाने भएकी हुन् । २४ फेबुअरीदेखि फ्रान्सको राजधानीमा शुरु भएको यो कार्यक्रम मार्च ३ सम्म चल्नेछ ।

यसबारेमा दीपिकाको आधिकारिक प्रवक्ताले भने, ‘दीपिका पादुकोण फ्रान्समा चलिरहेको पेरिस फेसन विकको क्रममा लुइस भिट्टोनको पिएफडब्लु २०२० शोमा भाग लिन त्यहाँ जाने योजनामा थिइन् तर फ्रान्समा कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै उहाँले आफ्नो यात्रा रद्ध गर्नु परेको छ ।’