प्रचण्डमाथि बारम्बार आक्रमण गर्ने सूर्य थापालाई दिपशीखाले दिए यस्तो चेतावनी

प्रचण्डमाथि बारम्बार आक्रमण गर्ने सूर्य थापालाई दिपशीखाले दिए यस्तो चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति बारम्बार आक्रमण गरेको भन्दै केन्द्रीय सदस्य तथा युवासंघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा (दिपशीखा)ले पार्टी केन्द्रीय सदस्य सूर्य थापालाई पार्टीको जिम्मेवारी छोड्न चेतावनी दिएका छन् ।

पार्टीको केन्द्रीय जस्तो जिम्मेवार व्यक्तिले त्यस्तो प्रकारको आक्रमण गर्नु अब सैह्य नहुने बताउँदै पार्टी अनुशान नमान्नेले आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुने भन्दै अध्यक्ष दिपशीखाले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी त्याग गर्न आग्रह गरेका छन् ।

‘पार्टी केन्द्रीय सदस्य जस्तो जिम्मेवार व्यक्तिले आफ्नो अध्यक्ष प्रति बारम्बार गर्ने यस्तो आक्रमण अब सह्य हुँदैन,’ अध्यक्ष दिपशीखाले भनेका छन्, ‘पार्टी अनुशासन, आत्मानुशासन नमान्ने र काम नै पार्टी नेतृत्वको विरोध गर्ने बनाउने भए आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ ।’

‘हामी तपाईंले जस्तै विषयलाई बङ्ग्याउन र हिजोको विगत भन्न नजानेर नबोलेको होइन, पार्टी अनुशासन मानेर नबोलेको हो,’ उनले आफ्नो व्यक्तिगत विचार भन्दै केन्द्रीय सदस्य थापालाई सुझावका रुपमा भनेका छन्, ‘यस्ता गाली आजकल फस्टाउँछ भन्ने लागेको भए यसलाई पेशा बनाए हुन्छ !’