काठमाण्डु- नेपाल वायुसेवा निगमको अपरेसन डाइरेक्टरको जिम्मेवारी वरिष्ठ क्याप्टेन दिपु ज्वारचनलाई दिइएको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ज्वारचनलाई अपरेसन डाइरेक्टरको जिम्मेवारी वरिष्ठ क्याप्टेन ज्वारचनलाई दिएका हुन् । वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचारको मुद्धा लागेपछि अपरेसन डाइरेक्टर श्रवण रिजाललाई निलम्बन गरिएको थियो ।
रिजाल निलम्बनमा परेपछि ज्वारचनले दोस्रो पटक अपरेसन डाइरेक्टरको जिम्मेवारी पाएका हुन् । ज्वारचनले ९ वर्षदेखि न्यारोबडी जहाज उडाउदैँ आएका छन् ।




प्रतिक्रिया