काठमाण्डु– बालेन शाह नेतृत्वमा बन्ने नयाँ सरकारले रक्षा मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा राख्ने तयारी गरेको छ। रास्वपाका वरिष्ठ नेता शाहले यसै साता प्रधानमन्त्री पदको सपथ लिने कार्यक्रम रहेको छ।
शाहसहित १५ मन्त्रीले सपथ लिने तयारी गरिएको छ। रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र उपसभापति स्वर्णिम वाग्लेबीच नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरूको विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री बन्न लागेका शाहले रक्षामन्त्रालय आफैसँग राख्ने लगभग निश्चित भएको छ। उनको नेतृत्वको सरकारमा अर्थमन्त्रीमा वाग्ले, परराष्ट्रमन्त्रीमा शिशिर खनाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा सुनिल लम्शालले सपथ लिने तयारी छ।
यसअघि रक्षामन्त्रालयमा छुट्टै मन्त्री नियुक्त गर्ने प्रचलन रहे पनि यसपटक भने प्रधानमन्त्री स्वयंले जिम्मेवारी सम्हाल्ने बुझिएको छ। पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि रक्षामन्त्रालय आफ्नै मातहतमा राख्ने गरेका थिए ।




प्रतिक्रिया