सिंहदरबारमा दीगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक जारी

सिंहदरबारमा दीगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १० बजेदेखि बैठक जारी रहेको छ ।

बैठकमा नेपालले दीगो विकास लक्ष्यका उद्देश्यहरू हासिल गर्न गरेका प्रयासको समिक्षा, कार्यान्वयनको अवस्था, चुनौतिलगायत भावी कार्ययोजनाबारे छलफल हुने कार्यतालिका छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू, अर्थ मन्त्री, सबै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, जिल्ला समन्वय समिति महासंघ अध्यक्ष, नगरपालिका महासंघ, गाउँपालिका महासंघका अध्यक्षहरूको उपस्थिति छ ।