भाजपाले आज कसलाई बनाउँदैछ दिल्लीको नयाँ मुख्यमन्त्री ?

भाजपाले आज कसलाई बनाउँदैछ दिल्लीको नयाँ मुख्यमन्त्री ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आज दिल्लीको नयाँ मुख्यमन्त्री चयन गरिदैंछ । मुख्यमन्त्री चयन गर्न भाजपा विधान दलको बैठक बुधबार दिउँसो ३ः३० बजेका लागि बोलाइएको छ।

यस्तै नयाँ मुख्यमन्त्रीको शपथ यही फेब्रुअरी २० तारिख रामलीला मैदानमा हुने भएको छ।

दिल्लीको नयाँ मुख्यमन्त्रीको दौडमा ६ जना रहेका छन् । रवीन्द्र इन्द्रराज सिंह, शिखा राय, प्रवेश वर्मा, विजेन्द्र गुप्ता, राजकुमार भाटिया र जितेन्द्र महाजन मध्ये एक जना मुख्यमन्त्री बन्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पार्टीले १५ जना विधायकको नाम जारी गरेको छ। तीमध्ये ९ जनाको नाम सर्टलिस्ट गरिएको छ। यी ९ नामबाट मुख्यमन्त्री, क्याबिनेट मन्त्री र सभामुखको नाम तय गरिनेछ।

हालै सम्पन्न दिल्ली विधानसभा चुनावमा बहुमत ल्याउँदै भाजपा २७ वर्षपछि दिल्ली सत्तामा फर्किएको हो। दिल्ली विधानसभा चुनाव २०२५ मा भाजपाले ४८ सिट जित्यो भने आम आदमी पार्टी २२ सिट हात पार्याे ।