काठमाण्डु भारतको दिल्लीमा कार विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रातो किल्ला नजिकै भएको विस्फोटमा कम्तीमा २० जना घाइते भएका छन् ।
विस्फोट यति शक्तिशाली थियो कि नजिकैका अन्य छवटा कार, दुईवटा ई-रिक्सा र एउटा अटोसमेत जले।
कार हरियाणाको गुरुग्राममा सलमान नामका व्यक्तिको नाममा दर्ता गरिएको पाइएको स्थानीय टेलिभिजन च्यानलहरूले बताएका छन् । प्रहरीका अनुसार विस्फोट भएको कारमा तीन जना थिए।
केन्द्रीय गृहमन्त्री अमित शाहले उक्त घटना गराउनेको खोजी भइरहेको र सबै गहन अनुसन्धान गरिने बताएका छन् ।




प्रतिक्रिया