काठमाण्डु – हरेक वर्ष जाडो सुरु हुनासाथ दिल्ली बाक्लो धुवाँ र कुहिरोले ढाकिन्छ । त्यहाँको वायु गुणस्तर खतरनाक स्तरसम्म पुग्छ ।
गत वर्ष स्विट्जरल्यान्डको एयर क्वालिटी मोनिटरिङ समूह आईक्यूएयरले दिल्लीलाई विश्वकै सबैभन्दा प्रदूषित राजधानी घोषणा गरेको थियो । दिल्लीको वार्षिक औसत पार्टिकुलेट म्याटर पिएम २.५ मापन गरिएको थियो, जुन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्डभन्दा २१ गुणा बढी हो ।
दिल्लीमा झन्डै २०० दिन अर्थात् वर्षका करिब ६० प्रतिशत दिनहरूमा हावाको गुणस्तर हानिकारक श्रेणीमा वा त्यसभन्दा पनि खराब श्रेणीमा रहँदै आएको छ ।
गत दशकमा ७० भन्दा बढी दिनहरूमा एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ५०० नाघ्यो, जुन यो सूचकाङ्कको आधिकारिक अधिकतम सीमाभन्दा पनि माथि हो।
एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) वरिपरिको हावामा रहेका प्रदूषक तत्वहरूको स्तर मापन गर्ने सूचक हो । यो ० देखि ५०० सम्मको मापनमा आधारित हुन्छ । तर अत्यधिक प्रदूषण हुँदा यो ५०० भन्दा माथि पनि पुग्न सक्छ ।
अमेरिकाको शिकागो विश्वविद्यालयको ८८एनर्जी पालिसी इन्स्टिच्युट (ईपीआईसी)ले सन् २०२५ अगस्टमा प्रकाशित प्रतिवेदन अनुसार दिल्लीमा प्रदूषक कणहरूको उच्चस्तरका कारण त्यहाँका बासिन्दाको औसत आयु करिब ८.२ वर्षले घट्न थालेको छ ।
तर प्रदूषणको समस्या केवल दिल्लीसम्म सीमित छैन । ईपीआईसीका अनुसार दक्षिण एशिया विश्वकै सबैभन्दा प्रदूषित क्षेत्र हो । अन्य दक्षिण एशियाली देशहरू पनि वायु प्रदूषणबाट ग्रस्त छन् ।
आईक्यूएयरका तथ्यांकअनुसार, बंगलादेश विश्वकै दोस्रो सबैभन्दा प्रदूषित देश हो । राजधानी ढाकामा पीएम २.५ स्तर डब्लूएचओका मापदण्डभन्दा १५ गुणा बढी पाइएको थियो । यस्तै पाकिस्तानको लाहोरमा यो स्तर करिब २० गुणा बढी मापन गरिएको थियो ।
बुधबार काठमाण्डुकाे एक्यूआई १७६ मापन भएको छ, जसलाई हानिकारक मानिन्छ ।
दिल्लीको पछिल्लो ११ वर्षको दैनिक औसत पीएम २.५ स्तरको विश्लेषण गरिएको छ । यसले के देखाउँछ भने जाडोमा त्यहाँ को वायु गुणस्तर अत्यन्तै बिग्रेकोछ र बाँकी समयमा पनि स्थिति धेरै राम्रो रहँदैन ।
दिल्लीका बासिन्दा वर्षको लगभग हरेक दिन नै प्रदूषित र अस्वस्थ हावामा सास फेर्न बाध्य छन् । दिल्लीका साथै दक्षिण एशियाका शहरहरू ढाका, लाहोर, कोलम्बो र काठमाण्डुको तुलना चीनको राजधानी बेइजिङको अवस्थामा फरक आएको छ । सन् २०१४ मा बेइजिङ मानव बसोबासका लागि अनुपयुक्त ठानिएको थियो ।
बेइजिङ र कोलम्बो दुवैमा वर्षमा २०० भन्दा बढी दिन एक्यूआर तर राम्रो वा मध्यम देखिन्छ ।
दिल्लीको प्रदूषणमा सबैभन्दा ठूलो योगदान कसको?
दिल्लीको प्रदूषणका स्रोत र तिनको योगदान बुझ्नका लागि धेरै अध्ययनहरू भएका छन् । यातायात, उद्योग, पावर प्लान्ट, सडकको धुलो र निर्माण कार्य यी पाँच प्रमुख कारण हुन, जसले दिल्लीको प्रदूषणमा सबैभन्दा बढी योगदान दिएका छन् ।
सस्टेनेबिलिटी जर्नलमा सन् २०२३ मा प्रकाशित एक अनुसन्धान अनुसार दिल्लीमा धेरै अध्ययन भए पनि कुन कारणले कति प्रतिशत प्रदूषण गर्छ भन्नेमा अझै एकमत छैन ।
दिल्लीस्थित थिङ्क ट्याङ्क (काउन्सिल अन एनर्जी, एनभाइरोन्मेन्ट एन्ड वाटर)ले सन् २०१९ मा गरेको अध्ययनमा २०१० देखि २०१८ बीचका पाँच अध्ययनहरूको समीक्षा गरी विभिन्न स्रोतहरूको योगदान दायरा प्रस्तुत गरेको थियो ।
स्वास्थ्यमा प्रभाव
स्टेट अफ ग्लोबल एयर २०२४ को प्रतिवेदनअनुसार पीएम २.५ र घरेलु स्रोतबाट हुने वायु प्रदूषणका कारण विश्वभर ७८ लाख मानिसको मृत्यु भएको छ ।
यी सूक्ष्म कणहरू फोक्सोको क्यान्सर, क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज, स्ट्रोक, टाइप २ डायबिटिज र निमोनिया जस्ता रोगहरूसँग सम्बन्धित छन् ।
न्यूयोर्क स्वास्थ्य विभागका अनुसार पीएम २.५ कणहरू यति सूक्ष्म हुन्छन् कि ती फोक्सोभित्र गहिरो प्रवेश गर्न सक्छन् र फोक्सोको कार्यक्षमता घटाउँछन् ।
जब यी कणहरू रगतमा प्रवेश गर्छन्, तब तिनीहरूले रक्तचाप बढाउन सक्छन् जसले मुटु र मस्तिष्कमा रक्त प्रवाह रोक्न सक्छ र दीर्घकालमा स्ट्रोकको जोखिम बढाउँछ ।
नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेशनमा प्रकाशित एक अनुसन्धानका अनुसार पीएम २.५ को निरन्तर सम्पर्कले मस्तिष्कको वृद्धिको गति बढाउन सक्छ र यसको सेतो तन्तुमा क्षति पुर्याउन सक्छ ।




प्रतिक्रिया