ईन्डियन प्रिमियर लिग: दिल्लीले सुपर ओभरमा पञ्जाबलाई हरायो


काठमाण्डु – ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको खेलमा एलेभेन पञ्जाबलाई दिल्ली क्यापिटल्सले सुपर ओभरमा हराएको छ ।

कगिसो रबाडाले सुपर ओभरमा मात्र २ रन दिएर २ विकेट लिए । आईपीएलमा सुपर ओभरमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा न्यून स्कोर हो । दिल्लीले २ बलमा नै ३ रनको लक्ष्य पछ्याउँदै जीत हासिल गर्यो । यसअघि सुपर ओभरमा सबैभन्दा कम ६ रन दिने कीर्तिमान मिचेल जोनसन र जसप्रीत बुमराहको नाममा थियो ।

१५८ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबको शुरुवात निकै खराब रह्यो । ५५ रनमा नै आधा टोली पभेलियन फर्किएको थियो । ८९ रन बनाउँदै ओपनर मयंक अग्रवालले पञ्जाबको इनिङलाई सम्हाले पनि टोलीलाई जीत दिलाउन सकेनन् । अन्तिम बललमा १ रन चाहिएको अवस्थानमा क्रिस जोर्डन आउट हुन पोगे ।

पछिल्लो पटक पञ्जाबका कप्तान रहेका रवीचन्द्र अश्विनले एक ओभर बलिङ गदै घाइते भएर मैदान छाड्न बाध्य भए । उनले २ विकेट लिए ।

यअसघि, टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीको शुरुवात पनि निकै खराब रह्यो । १३ रनमा टोलीले ३ विकेट गुमाएको थियो । त्यसपछि ३१ रन बनाएका ऋषभ पन्त र ३९ रन बनाएका कप्तान श्रेयर अय्यरले टोलीलाई सम्हाले ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement