दिल्लीको यमुना क्षेत्रमा हिंसात्मक प्रदर्शन : प्रहरीसहित चारको मृत्यु


नयाँदिल्ली – भारतको राजधानी दिल्लीको यमुना क्षेत्रमा दुई पक्षबीच भएको हिंसात्मक झडपमा एक जना प्रहरीसहित चार जनाको मृत्यु भएको छ। दिल्लीमा नागरिकता संशोधन कानुन(सीएए) को विरोध र समर्थनमा भइरहेको प्रदर्शनमा एक जना प्रहरीसहित चार मृत्यु भएको हो ।

सीएएको विरोधमा स्थानीयले प्रदर्शन गरिरहँदा सीएएका समर्थकहरुले ढुंगामुढासहित आक्रमण गरेको बताइएको छ । प्रहरीको नियन्त्रण रेखा तोडेर पनि सीएए समर्थकहरुले विरोध प्रदर्शनमा उत्रिएका स्थानीयमाथि लाठी, ढुंगामुढा प्रहार तथा पेट्रोल बम प्रहार गरेको रोयटर्सले जनाएको छ ।

घटनामा २५ जनाभन्दा धेरै घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। प्रदर्शनकारीले ठाउँठाउँमा आगजनीसमेत गरेका छन्। हिंसालाई नियन्त्रण गर्न प्रशासनले उत्तर पूर्वी दिल्लीका १० इलाकामा कर्फ्यु लगाएको छ। हिंसा फैलिएको क्षेत्र मुस्लिम समुदायको बाक्लो बस्ती रहेको क्षेत्र हो।

भारतले ल्याएको नागरिकतासम्बन्धी नयाँ कानुनले मुस्लिम समुदाय बाहेकका आप्रवासीलाई धार्मिक आधारमा नागरिकता दिन सकिने व्यवस्था गरेको छ। यी क्षेत्रमा धारा १४४ लगाइएको छ । हिंसा प्रभावित क्षेत्रका स्थानीयले भारतीय जनता पार्टी९भाजपा० का नेता कपिल मिश्राका कारण हिंसा भड्किएको बताउँदै प्रहरीमा उजुरी दिएका छन् । प्रदर्शन हिंसात्मक बन्दै गएपछि दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको बताइए पनि अवस्था नियन्त्रणमा आएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement