काठमाण्डु – अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै परिवारले विरोध जनाएका छन् ।
प्युठान जिल्ला अस्पतालमा गत बिहीबार पहिलो शल्यक्रियाबाट शिशु (छोरा)को जन्म दिएकी झिमरुक गाउँपालिका–७ तुषारा निवासी २४ वर्षीया अनिसा एम.सी.थापाको शनिबार राति मृत्यु भएको हो ।
अस्पतालले उनको पुन शनिबार दोस्रो पटक शल्यक्रिया गरेको थियो । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालले शनिबार राति २ बजे बुटवल रिफर गरेको थियो ।
उनलाई बुटवल ल्याउदै गर्दा दाङको भालुबाङमा मृत्यु भएको थियो । अस्पतालले बिरामीलाई अन्तिम समयमा रिफर गर्नु अस्पतालको लापरवाही भएको मृतकको श्रीमान सुदन थापाले बताए ।
अनिसाको शवलाई अहिले प्युठान जिल्ला अस्पतालमै राखिएको छ । अस्पतालमा आफन्तहरुको भिड जम्मा हुन थालेपछि प्रहरी परिचालन गरिएको छ ।




प्रतिक्रिया