एन्टिबायोटिक औषधिहरुको दुरुपयोग नियन्त्रण गर्न नेपाल चिकित्सक संघको माग

एन्टिबायोटिक औषधिहरुको दुरुपयोग नियन्त्रण गर्न नेपाल चिकित्सक संघको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — नेपाल चिकित्सक संघले एन्टिमाइक्रोविएल्स र एन्टिबायोटिक औषधिहरुको बढ्दो दुरुपयोग नियन्त्रण गर्न आग्रह गरेको छ । संघले आज एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय बढ्दै गइरहेको एन्टिमाइक्रोविएल्स र एन्टिवायोटिक औषधिहरुको दुरुपयोग रोक्न सरकारसँग आग्रह गरेको हो ।

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिसविना एन्टिवायोटिक्स, स्टेरोइड्स, सेडाटिभ्सलगायतका गम्भीर किसिमका एलोपेथिक औषधिहरुको प्रयोगलाई पूर्ण रुपमा निषेध गर्नका लागि अविलम्ब अनुगमन गरी नियन्त्रणका उपाय अपनाउनुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै बैज्ञानिक रुपमा प्रमाणिकरण हुन नसकेका उपचार पद्धतिको नाममा गैरकानुनी रुपमा आधुनिक चिकित्साको हवाला दिँदै भित्रिएका विविध प्रकारका उपचार पद्धतिको अस्वभाविक प्रचार प्रसार गरी सर्वसाधारण नागरिकलाई भ्रम सिर्जना गर्ने कार्य तत्काल निषेध गरिनुपर्नेसमेत स)घले माग गरेको छ । यस्ता समस्याहरुको उचित तवरमा समाधान नहुने हो भने समग्र स्वास्थ्य सेवा प्रवाहरुलाई नै गम्भिर असर पार्नेे संघले बताएको छ ।