देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्न माग

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्न माग


काठमण्डु – अधिवक्ता खम्बबहादुर खातीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्नुपर्ने माग गरेका छन् ।

बुधबार इजलासमा बहस गर्दै अधिवक्ता खातीले संसद विघटन विरुद्धको मुद्धामा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्ने माग गरेका हुन् । उनले अनुकुल परिस्थिति नदेखेपछि कुत्सित मनाशाय राखेर प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन् ।

‘राजनितिक दल सम्बन्धीको प्रोभिजन यो मुद्दामा लागू हुने अवस्था छैन् । आफ्नो अनुकुल परिस्थिति नदेखेपछि मालाफाइड इन्टेन्सन राखेर प्रतिनिधिसभा विघटन गरिएको छ । त्यसैले शेरबहादुरलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्छ,’ उनले भने ।