काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना भएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीसहित सरिक भएका हुन्।
सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो। समारोहमा नेपालको कला संस्कृति झल्कने विभिन्न झाँकी, मार्च पास, नृत्य र साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो।
समारोहमा ,राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठितहरूको सहभागिता थियो।















प्रतिक्रिया