काठमाण्डु – कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा प्रदर्शन गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालत परिसरको एक छेउँमा ब्यानर बोकेर उभिएका छन् ।
नेपाल बार एशोसिएसनको अगुवाइमा गरिएको प्रदर्शनमा कृष्णप्रसाद भण्डारी, दमननाथ ढुंगाना लगायत छन् । प्रदर्शनलाई लक्षित गरी सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालत भित्र र बाहिर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
बार एशोसिएसनले आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम आयोजना गरेको छ । विरोधको यो कार्यक्रम आजदेखि तीन दिनसम्म हुने एशोसिएसनले जनाएको छ ।




प्रतिक्रिया