डेंगु इजिप्टी प्रजातिको पोथी लामखुट्टे एडिसको टोकाइबाट लाग्ने रोग हो । एडिस लामखुट्टेले टोकेको ४–७ दिनभित्र डेंगुको लक्षण देखा पर्दछ ।
डेंगु भएपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने तथा जोर्नी दुख्ने गर्छ । डेंगु भएपछि शरीरको ‘प्लेटलेट्स’ द्रूतगतिमा घट्न थाल्छ । मानिसले प्लेटलेट्स बढ्छ भनेर विभिन्न चिजहरू खाने गरेका छन् । तर त्यसको प्रयोग गर्नु हुँदैन । प्लेट्सलेट २० हजारभन्दा कम भएमा तुरुन्त भर्ना भएर प्लेटलेट्स चढाउन पनि हुनसक्छ ।
डेंगुका बिरामीलाई तुरुन्तै अस्पतालमा भर्ना गर्नुपर्छ, अन्यथा समयमै उपचार नपाउँदा बिरामीको ज्यान समेत जान सक्छ । डेंगुको लक्षण पहिचान गरेर मात्रै यसको उपचार गर्न सकिन्छ । यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खासगरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्दछ । शहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि लामखुट्टे शहरमा बढी देखिने गरेको पाइन्छ ।
डेंगुका लक्षणहरू
१. उच्च ज्वरो आउनु,
२. टाउको दुख्नु,
३. आँखा दुख्नु,
४. मांसपेशी र जोर्नी दुख्नु,
५. थकाई लाग्नु,
६. वाकवाकी लाग्नु वा वान्ता हुनु,
७. छालामा रातो दागहरू देखापर्नु,
८. पेट दुख्नु,
९. गिजा वा नाकबाट रगत बग्नु,
१०. सास फेर्न गाह्रो हुनु,
११. चिडचिडापन हुनु ।
यद्यपि गम्भीर अवस्थामा (डेंगु हेमोरेजिक ज्वरो) को जोखिम बढ्ने गर्दछ । यस्तो अवस्थामा रक्तनलीमा क्षति पुग्ने र शरीरबाट प्लेटलेट्स कम हुँदै जान्छ ।
डेंगु पत्ता लगाउनका लागि रगत जाँच गर्नुपर्छ । रातो रगत सेतो रगतको मात्रा हेर्ने गर्नुपर्छ । कलेजो (लिभल र किड्नीको फंसन) डेंगुको एन्टीजेन र एन्टीबडी चेक गर्नुपर्ने हुन्छ ।
डेंगुको उपचार
डेंगुको कुनै खास औषधि वा सही उपचार उपलब्ध छैन । यस्तो अवस्थामा बढीभन्दा बढी पानी पिउनुपर्छ । अत्यन्तै गम्भीर अवस्थामा रोगीलाई इलेक्ट्रोलाइट सप्लिमेन्ट दिनुपर्छ । केही अवस्थामा ब्लड प्रेसर मोनिटरिङ र ब्लड ट्रान्स्फ्यूजनमार्फत पनि उपचार गरिन्छ ।
डेंगु लामखुटेले टोकेर लाग्ने रोग भएको हुनाले लामखुटेलाई नै टोक्न नदिनु यसको प्रमुख रोकथाम हो । तसर्थ झुल लगाएर सुत्ने, पूरा ब्लाउज भएको कपडा लगाउने, धूप बाल्ने, पानी जम्ने खाल्डाखुल्डीलाई पुर्ने गर्नुपर्छ ।
डेंगुको रोकथाम
१. जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने,
२. पूरै शरीर ढाक्ने लुगा लगाउने,
३. साँझ हुनुभन्दा पहिले घरको झ्याल र ढोका बन्द गर्ने,
४. पानी जम्मा गरेर नराख्ने,
५. घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
उपचार
डेंगु आफैं निको हुने रोग हो । यसको कुनै स्पेसल उपचार छैन । डेंगुमा देखिएको लक्षणको उपचार गर्ने हो । डेंगुमा विशेषगरी प्रशस्त मात्रामा पानी खानुपर्छ, ‘ब्लड प्रेसर’ ध्यान दिएर जाँच गर्नुपर्छ ।
(डा. रेग्मी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका जनरल फिजिसियन एवं वरिष्ठ बाथरोग विशेषज्ञ हुन् ।)




प्रतिक्रिया