विश्वमा पहिलोपटक यौनमार्फत डेंगु सर्यो

विश्वमा पहिलोपटक यौनमार्फत डेंगु सर्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – विश्वमा पहिलोपटक यौनमार्फत डेंगु रोग सरेको पुष्टि भएको छ । स्पेनमा एक व्यक्तिलाई यौनका कारण डेंगु रोग सरेको चिकित्सकहरूले पुष्टि गरेका छन् । गत सेप्टेम्बर महिनामा ती व्यक्तिलाई भएको डेंगु संक्रमणले चिकित्सकहरु नै अचम्ममा परेका थिए ।

स्पेनको राजधानी मड्रिडमा बस्ने ४१ वर्षीय एक पुरुषले आफ्नो साथीसँग सम्बन्ध राखेपछि डेंगु भएको मड्रिडकी जनस्वास्थ्य अधिकारी जिमिनेजले यस कुराको पुष्टि गरिन् । ती पार्टनरलाई क्युबा जाँदा लामखुट्टेले टोकेर डेंगु भएको रहेछ ।

ती ४१ वर्षीय पुरुषलाई लामखुट्टेले टोकेको नपाइएपछि उनीहरुको शुक्राणु जाँच गर्ने क्रममा उनीहरुको शुक्राणुमा डेंगु भएको पुष्टि भएको थियो ।