काठमाडौं – गर्मीयाम सुरू भएसँगै नेपालमा डेंगु रोगका बिरामी देखिन थालेका छन् ।
इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत दुई महिनामा देशभर ३६ जना डेंगुका बिरामी भेटिएका छन् ।
प्रदेश नम्बर १ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १४ जना र सुदुरपश्चिम प्रदेशमा २ जना गरि ३६ जनामा डेंगु देखिएको हो ।
ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षण हुन् । सरकारले डेंगु रोग फैलिएको भन्दै सतर्क रहन आग्रह गरेको छ ।




प्रतिक्रिया