नेपाली मास्टर बेकर सन्जिव गिरीले जिते डेनमार्कमा एक लाख क्रोनर

नेपाली मास्टर बेकर सन्जिव गिरीले जिते डेनमार्कमा एक लाख क्रोनर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – डेनमार्कमा एक जना नेपाली युवाले एकलाख डेनिस क्रोनर अर्थात् १९ लाख नेपाली रुपैयाँ छात्रवृति पुरस्कार पाएका छन् ।

प्रत्येक वर्ष डेनमार्कको प्रख्यात एक संस्था एपी मुलर फाउन्डेन्सले प्रशिक्षर्थीलाई प्रदान गर्ने छात्रवृत्ति यस वर्ष नेपाली युवा सन्जिव गिरीले जितेका हुन् । माग भएको छात्रवृतिमा आवेदन दिँदै सहभागी गिरीले एकलाख डेनिस क्रोनर अर्थात् १९ लाख नेपाली रुपैयाँ पाएका छन् ।

यस वर्षलाई संस्थाले दुई विधामा सर्वोकृष्ट हुनेलाई पुरस्कृत गरेको थियो । गिरीले बेकरी विधामा उक्त पुरस्कार पाएका हुन् भने अर्को बिधामा भने होम पेन्टिङमा उत्कृष्ट हुनेलाई दिइएको छ । सन्जिवले अन्तिम परीक्षामा उत्कृठ अंक प्राप्त गदै रजत पदक पाएका छन् ।

यो पुरस्कार पाउने डेनमार्कमा कार्यरत नेपालीमध्ये गिरी पहिलो व्यक्ति हुन् । उनले पाएको छात्रवृत्तिको रकमले युरोपकै फ्रान्समा गएर थप अध्ययन गर्ने बताएका छन् । फ्रान्स बेकरीमा विश्वप्रख्यात छ ।

सावर डो ब्रेडको बारेमा एवं अर्टिसियन बेकिङको तालिम लिने र त्यहाँबाट सिकेको सीप डेनमार्क तथा स्वदेशमै उपयोग गर्ने र चाँडै नै नेपालमा बेकरी स्कुल सञ्चालन गर्ने उनले बताए ।

गिरीले भने ‘मैले यो पुरस्कार पाउँछु भनेको सोचेको पनि थिइन म काम गर्ने कम्पनीले यस्तो छात्रवृतिको जानकारी दियो र म पढिरहेको जेड.बी.सी स्कुलले मलाई सिफारिस गरेर सहभागी भए र मैले पुरस्कार जित्छु नै जस्तो लागेको थिइन् । छात्रवृत्ति पाउँदा आफू धेरै नै खुसी भए ।’

२०४२ सालमा काठमाण्डुको नागार्जुन नरपालिका रामकोटमा जन्मिएका गिरीले त्रिभुवन विश्वविद्यालयबाट मानविकी संकायबाट स्नातक गरेका थिए ।

जेड.बी.सी रिङ्गस्टेडमा अध्ययन गर्दै टिवोलीको निम्ब र एन्डरसन बेकरीमा काम गर्दै २०१९ मा बेकरीमा स्नातक गरेका छन् । गिरीले ११ वर्ष अघि होटल सोल्टी, सोल्टी होटल अन्तरगतै एलएसजी स्काई सेफ तथा होटल द्वारीकाजमा काम गरेका थिए ।

हाल डेनमार्कको राजधानी कोपन हेगन एन्डरसन बेकरीमा २०१० देखि मास्टर बेकरको रुपमा काम गरिरहेका छन् ।

डेनमार्कमा नेपाली बेकरहरुको संख्या नगन्य मात्रै रहेको छ । एन्डरसन बेकरी जापानमा सन् १९५९ मा स्थापना भएको हो । २००८ मा यो कम्पनी डेनमार्कमा स्थापना भएको हो ।

यो बेकरी हाल विश्वभर फैलिएको छ भने डेनमार्कको टप टेन बेकरीको रुपमा परिचित छ । कोरोनाका कारण यस वर्ष डेनर्माकी महारानीबाट पाउने रजत पदक भने अर्को वर्षको मार्चमा प्रदान गरिने छ । पुरस्कार रकम र प्रमाण प्रदान गरिसकेको छ।

गिरी बेकरी सम्बन्धी उच्च शिक्षा अध्ययन गर्न सन् २०१० मा डेनमार्क पुगेका थिए ।