डेनमार्कले नेपाललाई १४ लाख डोज खोप उपलब्ध गराउने

डेनमार्कले नेपाललाई १४ लाख डोज खोप उपलब्ध गराउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– डेनमार्कले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । डेनमार्क सरकारले युनिसेफमार्फत नेपाललाई कोरोनाविरुद्धको एस्ट्राजेनिका खोपको १४ लाख डोज उपलब्ध गराउने निर्णय गरेको हो।

स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख भीमसिंह तिंकरीले डेनमार्कबाट खोप उपलब्ध गराउने पत्र आइपुगेको जानकारी दिए ।

विभागले एस्ट्राजेनिका खोपको लागि युनिसेफलाई पत्र पठाइसकेको छ । तर, पत्रको जवाफ भने अहिलेसम्म फिर्ता नभएको विभागले जनाएको छ । नेपाललाई अमेरिका,बेलायत र चीनले खोप उपलब्ध गराउने प्रतिवद्धता जनाइसकेको छ ।