युरोपियन युनियनको बैठकका कारण डेनमार्ककी प्रधानमन्त्रीको बिहे रोकियो

युरोपियन युनियनको बैठकका कारण डेनमार्ककी प्रधानमन्त्रीको बिहे रोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडेरिक्सनको बिबाह तेस्रो पटक पनि रोकिएको छ । प्रधानमन्त्री मेट र उनका प्रेमी बो टेनबर्गबीच हुने भनिएको विवाह युरोपियन युनियनको बैठकका कारण रोकिएको हो ।

उक्त बैठक जुलाई १७ र १८ मा ब्रसेल्समा हुँदैछ । बैठकमा युरोपियन काउन्सिलका २७ राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखको उपस्थिति रहने बीबीसीले जनाएको छ । उनीहरुको विवाह जुलाई १८ का लाग तय भएको थियो । प्रधानमन्त्री मेटले डेनमार्कको हितको रक्षा गर्नुपर्ने भएकाले यो विवाह रद्ध गर्नु परेको बताएकी छन् ।

फेसबुकमा लेख्दै प्रधानमन्त्रीले भनेकी छन्, ‘म यो गज्जबको मान्छेसँग विवाह गर्न आतुर छु । तर यो सजिलै भइरहेको छैन् । हामीले जुलाई १८ मा विवाहको मिति तय गरेका थियौं तर, त्यही समयमा ब्रसेल्समा काउन्सिलको बैठक जुलाईमा बोलाइएको छ ।’