देशलाई झन् ठूलो भुमरीमा पार्ने स्थिति देखा परेको छ, त्यो स्वीकार्य हुँदैन : प्रचण्ड


गोरखा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने प्रयासलाई सफल हुन नदिने बताएका छन् ।

गोरखा क्षेत्र नं.- २ बाट निर्वाचित भएपछि आयोगबाट प्रमाणपत्र लिदै आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिंहदरबारको अधिकार उल्ट्याउने प्रयासलाई सफल हुन नदिने बताएका हुन् । यसअघि पनि ७५ वर्ष लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता जाहेर गरे ।

‘राजनीतिक नेतालाई गाली गरेपनि केही फरक पर्दैनथ्यो । तर,देश झन् ठूलो भूमरीमा पर्ने स्थिति हो भने त्यो स्वीकार्य हुने विषय होइन । झण्डै ७५ वर्षदेशको लोकतान्त्रिक अधिकारलाई रक्षा गर्नुपर्छ’ उनले भने, ‘अहिलेसम्मको उपब्धिलाई उल्ट्याउने प्रयासविरुद्ध सबैलाई साथ दिन अपिल गर्छु । यसअघि दुर्घटनामा जाने हो भन्ने अवस्थामा पुगिसकेको थियो । हामीले गम्भीर बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगायौँ ।’ त्यस्तै उनले निर्वाचनमा गठबन्धनले सोचेजस्तो परिणाम नल्याएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement