काठमाण्डु – मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्यप्रदेशमा वनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण देशभर बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार बिहान एक बुलेटिन जारी गर्दै महाशाखाले न्यून चापीय क्षेत्रको प्रभावका कारण अहिले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको र वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश न ५ र कर्णाली प्रदेश तथा आसपासका भूभागका एक/दुई स्थानहरुमा वर्षा भइरहेको जनाएकाे छ ।
मंगलबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत हुने मौसमविदले जानकारी दिएका छन् ।




प्रतिक्रिया