आजको मौसम पूर्वानुमान : उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना

आजको मौसम पूर्वानुमान : उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने भएकाे हाे ।

अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुंम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत छ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुइ स्थानमा हल्का वर्षा हुने मौसमविदले बताए । यसैबिच पहाडी भू–भागमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।