देशभर आंशिक बदली, वर्षाको सम्भावना

देशभर आंशिक बदली, वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – शनिबार (आज) मुलुकभरको मौसममा बदली हुनाका साथै केही स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी मध्य र पश्चिमका पहाडी भूभागमा वर्षा हुने सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् ।

यस्तै महाशाखाले आजदेखि वर्षाको मात्रा कम हुँदै जाने तर पहाडी भूभागको माटो गलिसकेकाले थोरै वर्षाले पनि पहिरो जाने जोखिम रहेकाले होसियारी अपनाउन आग्रह गरेको छ ।

महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ-मनसुनको समयमा लगातार वर्षा भएको पहाडी भूभागहरुमा सामान्य वर्षामा पनि पहिरो जान सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि सामान्यसम्म बदली भई थोरै स्थानमा वर्षा भइरहेको छ।आगामी तीन दिनसम्म त्यस्तो ठूलो वर्षाको सम्भावना नरहेको बताइएको छ ।