काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । यास चक्रवात र स्थानीय वायुकाे प्रभावले देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश १ लगायत पहाडी भूभागमा आंशिक बदली र देशका अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानहरूमा आंशिक बदली रहनेछ ।
प्रदेश १ लगायत देशका पहाडी भागका थोरै स्थानहरूमा र तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै राति प्रदेश १ लगायत देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत पहाडी भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।




प्रतिक्रिया