काठमाण्डु- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालको सत्ता गठबन्धन १५ वर्षसम्म नटुट्ने बताएका छन् ।
मंगलबार सुर्खेतको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धन १५ वर्षसम्म कायम रहने बताएका हुन् । गठबन्धन नफुट्नेमा ढुक्क हुन प्रधानमन्त्री देउवाले आग्रह गरे ।
‘ओलीजीले दुई पटक संसद् विघटन गर्नुभयो । संविधानको अंगभंग गर्ने काम गर्नुभयो, हामी संसद्को पूर्ण कार्यकाल राख्न चाहन्छौँ । यतिमात्र होइन माननीयहरूलाई संसद्को आलोचना गर्न दिन्छौँ । आलोचना गर्ने बित्तिकै ओलीको जसरी संसद् विघटन गर्दैनौँ।’, उनले भने ।
देउवाले संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले जित्न आवश्यक रहेको बताए । उनले सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् ।




प्रतिक्रिया