काठमाण्डु – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनै बेला कांग्रेसले काम गरेन भनेर विरोध गर्नेहरुले नै अहिले कांग्रेसलाइै खोज्न थालेको बताएका छन् ।
काँग्रेसका दिवंगत नेता महेन्द्र नारायण निधिको ९९ औं जन्म–जयन्तीको अवसरमा काठमाण्डुको अनुपम फुडल्यान्डमा आयोजित विचार गोष्ठीमा बोल्दै देउवाले कुनै बेला भोट दिने बेलामा नदिएर विरोध गर्नेहरु नै अहिले कांग्रेस खोज्न थालेको बताएका हुन् ।
‘अब यो काँग्रेसले केही पनि गर्दैन भन्या छ । भोट दिने बेलामा दिएन अहिले कांग्रेस चाहियो ? देउवाले प्रश्न गर्दै भने ।
देउवाले राजनीति यस्तै हुन्छ भन्ने ठेगान नभएको समेत बताए । यसबारेमा पार्टीमा छलफल चलाउनुपर्ने देउवाले बताए । ‘अहिले पनि अवस्था यस्तै छ । भोलि के हुन्छ थाह छैन । सल्लाह गर्नुछ हामीले,’ उनले भने ।
उनले नेकपाभित्र दुइटा समूह देखिएको तर पार्टी कानुनी रूपमा एक नै रहेको बताए । ‘उहाँहरूका बीचमा झगडा भयो ।अहिले दुइटा समूह छ । पार्टी एकै छ । हामी कुनै पार्टी फुटोस् भन्ने चाहना पनि छैन,’ उनले भने । संसद बाँचेकोमा सबैभन्दा बढी खुसी लागेका बताउँदै उनले१४ औं महाधिवेशन तोकेकै समयमै हुने बताए ।




प्रतिक्रिया