बिहीबार प्रधानमन्त्री देउवा धनगढी जाँदै

बिहीबार प्रधानमन्त्री देउवा धनगढी जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोली धनगढी जाने भएका छन् । मंसिर–४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएपछि देउवा पहिलो पटक धनगढी जान लागेका हुन् ।

धनगढीमा प्रधानमन्त्री देउवाले कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने सुदूरपश्चिम महोत्सवको १६औं संस्करण उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।

धनगढी–१ स्थित पशुपति टोलमा लाग्ने महोत्सवको देउवाले दिउँसो २ बजे उद्घाटन गर्ने कार्यतालिका रहेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले बताए ।

कैलाली उद्योग वाणिज्य संघले देउवा सामु १६ बुँदे माग राख्ने तयारी गरेको छ । जसको प्राथमिकतामा धनगढीमा स्तरिय प्रदर्शनी स्थल निर्माण गरिनुपर्ने माग रहने अध्यक्ष कुँवरले बताए ।

त्यसबाहेक सुदूरपश्चिममा औद्योगिक स्थल निर्माण गरिनु पर्ने भारतसँग जोडिएको गौरिफण्टा नाकाको स्तर उन्नती गरिनु पर्ने, धनगढी विमान स्थलको स्तर उन्नती गरिनुपर्ने लगायत माग रहेका छन् ।