कांग्रेस संसदीय दलको नेतामा देउवा भारी मतान्तरले विजयी, गगनलाई कति भाेट ?

कांग्रेस संसदीय दलको नेतामा देउवा भारी मतान्तरले विजयी, गगनलाई कति भाेट ?

काठमाण्डु – नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।सभापति देउवा भारी मतान्तरका साथ पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका हुन्।

देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत पाएकाे नेता वीरबहादुर बलायरले जानकारी दिए । थापा ३९ मतान्तरले पराजित भए । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए ।