देउवा बालुवाटारबाट धुम्बाराही सरे

देउवा बालुवाटारबाट धुम्बाराही सरे


काठमाण्डु- पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् । बुधबार बिहान परिवारसहित देउवाले बालुवाटार छाडेका हुन् । देउवा केही दिन धुम्बाराहीमा भाडाको घरमा बस्नेछन् ।

गत आइतबार प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएपनि निवर्तमान प्रधानमन्त्री देउवाले बालुवाटार छाड्न ढिला गरेका थिए । देउवाले नयाँ घर नभेटेकाले बालुवाटार छाड्न ढिला गरेका हुन् ।

बुढानिलकण्ठस्थित देउवाको घरमा निर्माण कार्य भैरहेकोले अहिले देउवालाई भाडाको घरमा बस्नु परेको जनाइएको छ ।