काठमाण्डु- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई मजबुद बनाउन शिक्षक संघको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
मंगलबार काठमाण्डुमा नेपाल शिक्षक संघको नवौँ सङ्घीय महाधिवेशनको उद्घाटन गर्दै देउवाले पार्टी संगठनलाई बलियो बनाउन शिक्षकको ठूलो भूमिका रहेको बताएका हुन्।
‘पार्टी प्रतिबन्धित अवस्था रहँदा नेपाल विद्यार्थी संघसँगै शिक्षकहरुको पनि महत्वपूर्ण भूमिका रहेको थियो । पार्टी बलियो बनाउन शिक्षकको ठूलो सहयोग छ, कांग्रेसलाई मजबुद बनाउनुपर्छ,’ सभापति देउवाले भने ।




प्रतिक्रिया