उपनिर्वाचनमा घण्टीले अग्रता लिएपछि सभापति देउवा तनावमा


काठमाण्डु- नेपाली कांग्रेस संसदीय दलको बैठमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा अन्तर्ग उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाए भन्दै गुनासो गरेका छन् ।

सोमबार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने बताएका हुन् ।

त्यस्तै देउवाले तनहुँ-१ को प्रारम्भिक परिणामले पार्टीसामु गम्भीर परिस्थिति उत्पन्न भएको बताए । देउवाले राष्ट्रपति रामचन्द्र पौडेलले चुनाव जित्दै आएको तनहुँ-१ मा कांग्रेस चुनाव हार्नुपर्ने परिस्थिति आउनु चिन्ताको विषय भएको गुनासो गरे । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिइरहेका छन् ।

यसभन्दा अघि हार नब्यहोरेको तहुँमा घण्टी चुनाव चिन्ह भएको रास्वपाले अग्रता लिएपछि आजको बैठकमा देउवा तनावमासमेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement