काठमाण्डु- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा थेग्नै नसक्ने गरी आक्रमण भइरहेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदलीय दलको बैठकमा सभापति देउवाले पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा थेग्नै नसक्ने गरी संगठित आक्रमण भइरहेको भन्दै चिन्ता व्यक्ति गरेका हुन् ।
देउवाले समाजिक सन्जालमार्फत पुराना दल विरुद्ध नयाँ दलहरु जथाभावी र आक्रामक रुपमा उत्रनु ठिक नभएको नभएको समेत दाबी गरे ।
उपनिर्वाचनमा पुरानो दललाई मत दिनु हुँदैन भाष्य समाजिक सञ्जालले निर्माण गरेको देउवाको भनाइ छ । अगामी आर्थिक वर्षको त्यस्तै सभापति देउवाले पार्टीमा धेरै सुधार गर्नुपर्ने अवस्था आएको बताएका छन् ।




प्रतिक्रिया