देउवाको अपील- सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगरौं

देउवाको अपील- सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगरौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक एकता र सद्भावनामा खलल पु¥याउन सक्ने विषयप्रति गम्भीर हुन आग्रह गरेका छन् ।

बाँके घटनाप्रति चिन्ता व्यक्त गर्दै देउवाले सामाजिक, सांस्कृतिक, धार्मिक, राजनैतिक एवं समग्र ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर मुलुक हो । परापूर्व कालदेखि विभिन्न जातजाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावका साथ एकताबद्ध भई मिलेर बसेका छौं र राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौं । धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने किसिमका गतिविधि नगर्न÷नगराउन हार्दिक आह्वान गर्दछौं ।’, उनले विज्ञप्तिमार्फत भनेका छन् ।