प्रचण्ड सरकार ढाल्ने खेलमा लागे देउवा, यस्तो छ नयाँ गठबन्धनको जोडघटाउ

प्रचण्ड सरकार ढाल्ने खेलमा लागे देउवा, यस्तो छ नयाँ गठबन्धनको जोडघटाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ गठबन्धन बनाउने कसरत गरिरहेका छन् । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग हात मिलाएपछि देउवा पनि सरकार ढाल्ने खेलमा लागेका हुन् ।

यतिबेला देउवा प्रचण्ड सरकार ढाल्न दौडधुपमा छन् । सभापति देउवाले आज मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सँगै मिलेर जान आग्रह गरेका छन् ।

बुधबार बिहान नेपाल निवास कोटेश्वर पुगेका देउवाले प्रचण्डले धोका दिएकाले आफुहरु मिलेर अगाडि बढ्नुपर्ने प्रस्ताव माधव नेपालसँग गरेका हुन् । जवाफमा अध्यक्ष नेपालले आज दिउँसो बस्ने केन्द्रीय सचिवालय बैठकमा कुरा राख्ने जानकारी दिए ।

त्यस्तै देउवाले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर नै गरेका छन् । रास्वपा, राप्रपा, नेकपा एकीकृत समाजवादी र जसपालाई आफूतिर तानेर नयाँ गठबन्धन बनाउने देउवाको तयारी छ ।

यदि रवि लामिछानेले नमाने पनि जसपा र नेकपा एसलाई प्रचण्डसँग मिल्न नदिने देउवाको रणनीति छ । जसपाले सरकारमा सामेल हुनेबारे कुनै निर्णय लिन सकेको छैन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारमा जाने तयारी गरिरहेका बेला पार्टीका बहुमत सांसद र कार्यकारिणी सदस्यले विद्रोह गर्ने चेतावनी दिएपछि सरकारमा सामेल हुने नहुनेबारे यादव अलमलमा परेका छन् ।

यदी देउवाले जसपा र नेकपा एसलाई आफुतिर तान्न सफल भएपछि प्रचण्ड सरकार ढल्न र वैकल्पिक गठबन्धनको बहुमत पुग्ने उनको आँकलन छ । जसअनुसार कांग्रेसको ८७, जसपाको १२, राप्रपाको १४, नेकपा एसको १०, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र लोसपाको ४ सीट जोड्दा १३७ सीट हुन्छ ।

यसैबीच देउवाले प्रचण्ड सरकार ढाल्नको लागि एमालेसँग पनि छलफल गरिरहेका छन् । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको छ ।

त्यसकारण प्रचण्डले दिएको धोकाको बदलामा देउवा जसरी भएपनि नयाँ गठबन्धन बनाउन चाहन्छन् । प्रचण्डले राजनीतिक बेइमान गरेकाले देशलाई स्थिरतातर्फ लग्नको लागि नयाँ गठबन्धन बन्न आवश्यक रहेको कांग्रेसको निष्कर्ष छ ।

माधव नेपालसँगको छलफल सकारात्मक

माधव नेपाल र सभापति देउवाबीच भेटवार्ता क्रममा सकारात्मक छलफल भएको कांग्रेसले दाबी गरेको छ । सो भेटवार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकले अध्यक्ष नेपालसँग खुलेर कुराकानी भएको र छलफल सकारात्मक भएको बताए।

उनले भने, ‘परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ, कांग्रेस र नेकपा एसका बिचमा सकारात्मक कुराकानी भएको छ, छलफललाई निरन्तरता दिने गरी आजको कुराकानी सकिएको छ, जे होस छलफल सकारात्मक छ।

त्यस्तै देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता शरदसिंह भण्डारीलाई टेलिफोन गरेर सहकार्यको प्रस्ताव राखेका थिए ।