देउवाले बोलाए संसदीय दलको बैठक

देउवाले बोलाए संसदीय दलको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रतिपक्षमा पुगेको कांग्रेसले आगामी रणनीति बनाउन बैठक बोलाएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले बिहीवार बिहान ९ बजे संसदको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाएका हुन् । बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, संसदमा पार्टीको भूमिकालगायत विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग मिलेर नयाँ गठबन्धन बनाएपछि संसदको सबैभन्दा ठुलो दल कांग्रेस प्रतिपक्षमा पुगेको छ ।