गृहमन्त्रीबारे संसदीय छानबिन समिति गठनको अडान कायमै राख्ने कांग्रेसको निष्कर्ष

गृहमन्त्रीबारे संसदीय छानबिन समिति गठनको अडान कायमै राख्ने कांग्रेसको निष्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणबारे संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ ।

सोमवार बुढानीलकण्ठमा बसेको कांग्रेसको बैठकले सहकारी ठगीमा जोडिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको विकल्प नभएको निष्कर्ष निकालेको हो ।

सहकारी ठगीमा मन्त्रीहरुको संलग्नताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कुरा सुनिसकेको भन्दै गृहमन्त्री लामिछानेको कुरा सुन्नुको कुनै अर्थ नभएको कांग्रेसको निष्कर्ष छ । त्यसकारण गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

संसदीय छानबिन समिति गठनमा सरकारको धारणाअनुसार नयाँ रणनीति बनाएर अगाडि बढ्ने लेखकको भनाइ छ ।