जनस्तरमा काम गर्न नेता तथा कार्यकर्तालाई देउवाको आग्रह

जनस्तरमा काम गर्न नेता तथा कार्यकर्तालाई देउवाको आग्रह


नवलपरासी-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई कसैले पनि हराउन नसक्ने गरी जनस्तरमा काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

नवलपरासीको परासीमा शनिबार पार्टीका नेता तथा कार्यकर्तासँगको अन्तरक्रियामा सभापति देउवाले चुनावमा हुने अन्तरघात हटाउन अहिलेदेखि नै योग्यता र क्षमताका आधारमा पदीय जिम्मेवारीको बाँडफाँट गर्न निर्देशन दिए । ‘सबै तहमा प्रशिक्षण राखेर राष्ट्रिय राजनीतिको विचार विश्लेषण गर्नुस्’, देउवाले भने ।

उनले पार्टीमा दण्ड र पुरस्कारको थिति कडाईका रूपमा बसालिने भन्दै ढुक्क भएर काम गर्न पनि आग्रह गरे ।