काठमाण्डु – सत्ता साझेदार दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बुधबार बिहान ८:३० बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ।
कांग्रेस उपसभापति धनराज गुरूङमाथि सहकारी बचत सम्बन्धमा उठेको प्रश्नबारे र सत्ता गठबन्धनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा राना मगरलाई हटाउनेबारेको प्रस्ताव लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने बैठकको कार्यसूची छ।




प्रतिक्रिया