प्रधानन्यायाधीशले मन्त्रीको कोटा मागेको छैन : प्रधानमन्त्री देउवा

प्रधानन्यायाधीशले मन्त्रीको कोटा मागेको छैन : प्रधानमन्त्री देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशले कोटा मागेको समाचारमा कुनै सत्यता नरहेको बताएका छन् ।

मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा बोल्दै देउवाले स्वतन्त्र न्यायालयलाई लाञ्छना लगाउन स्वार्थ समूहले चलखेल गरेको आरोप लगाए । उनले मन्त्रिपरिषद् विस्तारको विषयमा प्रधान्यायाधीशसँग कुनै संवाद नभएको बताए ।

बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् विस्तारको विषयमा प्रधानन्यायाधीश वा अरु कसैको संलग्नताको आशंका गर्नु बेकारको कुरा भएको बताए ।

उनले न्यायालयको गरिमा बिगार्ने उद्देश्यले सुनियोजित प्रचार गरिएको भन्दै शक्ति पृथकीकरणको सिद्धान्त अनुसार नै मुलुक अगाडि बढिरहेको बताए ।

मन्त्री कार्कीले केही राजनीतिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भए पनि अब तत्काल मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए ।