काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलीय सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन् ।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले संविधान संशोधनका लागि दुईतिहाइ बहुमत चाहिने भएकाले दलीय सहमतिका आधारमा संविधान संशोधन हुने बताए ।
उनले भने, ‘दुईतिहाइ बहुमत चाहिने भएकाले संविधान संशोधन दलहरूबीचको सहमतिका आधारमा हुन्छ ।’
बीआरआई सम्झौता गरेको विषयमा पत्रकारहरूको प्रश्नमा सभापति देउवाले ऋण लिने सम्झौता नभएको बताए ।
उनले भने, ‘ऋण लिएको छैन भने बुझ्नुस्, ऋण लिएकै छैन ।’ सभापति देउवाले नेपाली कांग्रेसको १५औं महाधिवेशन तोकिएकै समयमा हुने बताए ।




प्रतिक्रिया