काठमाण्डु – पोखराबाट काठमाण्डु आएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादीले प्रदर्शन गरेलगत्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानिलकण्ठ पुगेका छन् ।
आईतबार अपराह्न राजदूत श्रीवास्तवले सभापति देउवालाई भेटेर समसामयिक विषयमा छलफल गरेको सभापति देउवानिकट स्रोतले जनाएको छ ।
राजावादीको प्रदर्शनमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रदर्शन गरिएको भन्दै आलोचना भइरहेका बेला राजदूत श्रीवास्तवले सभापति देउवालाई भेटेका छन् ।




प्रतिक्रिया