प्रधानमन्त्री ओलीको प्रतिरक्षामा कांग्रेस सभापति देउवा

प्रधानमन्त्री ओलीको प्रतिरक्षामा कांग्रेस सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ भइरहेका बेला कतिपयले सत्ता साझेदार नेपाली कांग्रेस र एमालेबीच खटपट भएको अड्कल गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसको खण्डन गरेका छन् ।

मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गभर्नर नियुक्तिमा प्रधानमन्त्रीका कारण ढिलाइ नभएको प्रस्टीकरण दिँदै प्रतिरक्षा गरे ।

राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिला भएको बताउँदै उनले यसमा प्रधानमन्त्री ओलीको कुनै दोष नरहेको बताए ।

कार्यक्रममा उनले भने, ‘गठबन्धनमा कुनै समस्या छैन । गर्भनरको नियुक्ति ढिलो हुनु राष्ट्र बैंकभित्रकै समस्याले हो । ओलीजीका कारणले गर्भनर नियुक्त हुन ढिलो भएको होइन ।’

सत्ता साझेदार कांग्रेस–एमालेबीच गभर्नर नियुक्तिमा सहमति भइसकेको चर्चा हुने गरे पनि ढिलाइ भइरहेको छ ।