जनधनको ठुलो क्षति भएपछि प्रधानमन्त्री देउवा सुदूरपश्चिम जाँदै

जनधनको ठुलो क्षति भएपछि प्रधानमन्त्री देउवा सुदूरपश्चिम जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुदूरपश्चिम जाने भएका छन् । लगातार परेको भारी वर्षाका कारण कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जनधनको ठुलो क्षति भएपछि प्रधानमन्त्री देउवा सुदूरपश्चिम जान लागेका हुन् । देउवाले त्यहाँको स्थलगत अवलोकन गर्ने काँग्रेस नेता रमेश लेखकले बताए ।

उनका अनुसार सम्भव भए आजै नभए भोलि देउवा सुदूरपश्चिम जाने तय भएको छ । आजै लेखकले देउवालाई बालुवाटारमा भेटेर वर्षापछिको बाढी पहिरोका कारण भएको जनधनको क्षतिबारे देउवालाई जानकारी गराएका थिए ।