सर्वोच्च अदालतले मलाई न्याय दिनेछ : निवर्तमान सभापति देउवा

सर्वोच्च अदालतले मलाई न्याय दिनेछ : निवर्तमान सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले बीपी जयन्तीका अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पञ्चायतकादेखि नै अदालतले न्याय दिँदै आएको बताउँदै यसपटक पनि न्याय पाउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘मलाई विश्वास छ– सर्वोच्च अदालतले मलाई न्याय दिनेछ । जतिसुकै षड्यन्त्र गरे पनि देशको सर्वोच्च अदालत भएकाले मैले न्याय पाउँछु भन्ने विश्वास छ ।’

कांग्रेसको १५औँ महाधिवेशनको तयारीमा जुट्न उनले पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे । उनले आ–आफ्नो जिल्लाका कांग्रेस नेता तथा कार्यकर्तालाई महाधिवेशनका लागि तयारी अवस्थामा रहन निर्देशन दिए ।