नेता सिटौलाले मागे देउवाका लागि भोट

नेता सिटौलाले मागे देउवाका लागि भोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नेता कृष्णप्रसाद सिटौलाले शेरबहादुर देउवाको प्यानलका लागि भोट मागेका छन् । आइतबार काठमाण्डुमा आयोजित कार्यक्रममा नेता सिटौलाले आफूले देउवालाई समर्थन गर्ने बताएका हुन् ।

देउवाको टीममा परिपक्कदेखि युवा टिम रहेको समेत उनले खुलासा गरे ।  ‘शेरबहादुर देउवालाई सभापतिमा किन निरन्तरता नदिने ? के बिग्रिएको छ ?’  वर्तमान पार्टी सभापति देउवाका लागि भोट माग्दै सिटौलाले भने, ‘ अबको केही महिनापछि चुनाव गर्नुपर्नेछ । सभापतिमा हारेको प्रधानमन्त्री बोकेर चुनावमा जाने ?’
सभापति पदमा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जसअनुसार देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ रहेका छन् । सोमबार बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।