काठमाण्डु – नेपाली कांग्रेसमा तीन जना शीर्ष नेता केन्द्रीय सदस्यमा मनोनित हुने भएका छन् । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले तीन गुटका शीर्ष नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने भएका हुन् ।
सभापति देउवाले नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला र प्रकाशमान सिंहलाई शुक्रबार केन्द्रीय सदस्य मनोनित गर्ने भएका हुन् । शनिबार केन्द्रीय समितिको बैठक बस्नुअघि देउवाले ३ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गर्न लागेका हुन् । कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको बैठक शनिबार बस्दैछ ।
सिंह कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पराजित भएका थिए । पहिलो चरणमा सभापतिमा पराजित भएका सिंहले दोस्रो चरणमा देउवालाई समर्थन गरेका थिए । साथै पौडेल र सिटौला पनि देउवाको पक्षमा उभिएका थिए ।
कांग्रेसको विधानमा सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्नसक्ने व्यवस्था छ ।




प्रतिक्रिया