काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई कांग्रेसको केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम देउवाले सदस्यहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । ३३ जना मनोनयन गर्न पाउने भएपनि आज उनले १० जनालाई मनोनयन गरेका हुन् ।
उनले महाधिवेसनमा आफुविरूद्ध उमेद्वारी दिएका प्रकासमान सिंह र विमलेन्द्र निधिलाई समितिमा समेटेका छन् । यस्तै प्रकाशमान सिंहको प्यानलबाट उठेकी सुजाता कोइरालालाई पनि मनोनयनमा परेकी छन् । यस्तै देउवाले रामचन्द्र पौडेल, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको जनाइएको छ ।





प्रतिक्रिया